हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा अवैध वन्यजन्तु शिकार मुद्दामा फरार रहेका पाँचजनालाई जरिवाना पछि छाडियो

प्रहार समाचार । तनहुँ, १३ चैत २०८१ बुधवार । अवैध रूपमा वन्यजन्तु रतुवा, मृग शिकार गर्ने क्रममा  पक्राउ परेका  तनहुँका पाँचजनालाई धरौटीमा रिहा गरिएको छ ।

यसरी पक्राउ परि जरिवाना तिरेर छाडिएकाहरुमा तनहुँको भिमाद नगरपालिका वडा नं ३ पनेर भञ्ज्याङ बस्ने ३६ वर्षका मनोज भन्ने मान बहादुर बि. क ., सोहि वडा बस्ने ४१ वर्षका मिन बहादुर नेपाली , ४२ वर्षीय शान्ति बि. क., सिता नेपाली र गनिसरा नेपाली रहेका छन्।

उनिहरु लाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई  हिंजो मान बहादुर बि. क लाई १ हजार  ४ सय र बाँकी सबैलाई जनहि ५ हजार जरिवाना गराई छाडिएको जिल्ला प्रहरी कार्यालय दमौली, तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button