व्यासहेडलाईनसमाचारगण्डकी

भुजेलको उपचारका लागि प्राप्त १० हजार नगद सहयोग हस्तान्तरण

प्रहार समाचार । तनहुँ, १२ चैत २०८१ मङ्गलवार । तनहुँको व्यास नगरपालिका वडा नं १२ लामीडाँडा निवासी  ४४ बर्षीय प्रेममाया भुजेलको उपचारका लागि प्राप्त सहयोग हस्तान्तरण गरिएको छ।

व्यास नगरपालिका वडा नं १ मोहोरियाटार निवासी गोपाल रम्तेललेबाट प्राप्त  १० हजार नगद सहयोग हिंजो दमौलीमा हस्तान्तरण गरिएको हो ।

सामाजिक अभियान्ता अविनाश पन्थ मार्फत प्राप्त भएको उक्त रकम हिंजो  प्रहार अनलाईन मिडियाका सम्पादक  शंकरराज नहर्की र जनचाहना डट कमका सम्पादक एस.बि.नेपाली, र अभियान्ता अविनाश पन्थले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । 

एक लाख रुपैया धरौटी राख्न नसक्दा फियोमा पानी जमेर उपचार हुनबाट बञ्चित भुजेललाई आफ्नो तर्फबाट सानो सहयोग गर्ने पाएकोमा रम्तेलले खुशी प्रकट गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भुजेलको उपचारको क्रममा आफ्नो भएको दुई रोपनी पाखो बारी पनि बेचेर सिद्धिएको छ । अहिले सुकुम्बासीमा परिणत हुनुपरेको  पीडा भुजेलले सुनाइन् ।

काठमाडौंको टिचिङ अस्पतालमा उपचराका लागि पटक पटक धाएकी भुजेलले अस्पतालले थप उपचारका लागि १ लाख धरौटी मागेपछि पैसा नभएर घर फर्केकी थिइन्।


२ छोरी र ३ छोराकी आमा भुजेल भन्छिन् –  ‘छोराछोरी लाखा पाखा लागि सके । आफू बिरामी परिहाले श्रीमानले दैनिक ज्यालादारीबाट कमाएको रकमले खाने की उपचार गर्ने ?’ । औषधी उपचार गर्दा अहिले सुकुम्बासी भएकी भुजेल रोग मात्रै निको भए मजदुरी गरेर भएपनि छोराछोरी पाल्ने इच्छ राखेकी छन्। ‘मर्ने कस्लाई रहर हुन्छ र ? सबैले थोरै थोरै सहयोग गरिदिए म बाँचे थिए ।’ उनले आशु झार्दै भनिन्। काखमा  रहेका ६ बर्षीय छोराको लागि बाँच्न चाहान्छु,अरु त हुर्किएर पालिन सक्ने भएका छन् । 


यसै बिच भुजेललाई व्यास–३ स्थित श्रीकृष्ण नर्सरीका संचालक गम्भीरदास नेपालले ५ सय  सहयोग गरेका छन्।    यस अभियानमा हजुर पनि जोडिनु सक्नु हुन्छ । जस्का लागि प्रेममायाँ  भुजेलको मोवाइल नम्बर ९८०६५००३७८ मा सिधै सम्पर्क गर्न  अथवा प्रहार अनलाई मिडियाको ९८४६०६७०२७ मा सम्पर्क गरेर सहयोग गर्न  सकिने छ। हामी यहाँहरुको सहयोगको उच्च मूल्याङ्कन गर्ने छौं।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button