हेडलाईनसमाचारगण्डकी

कास्कीका अग्रज पत्रकार कमल पौडेल ‘अथक’ सम्मानित

प्रहार समाचार । कास्की, १० चैत २०८१ आइतवार । कास्की  पोखराका अग्रज पत्रकार कमल पौडेल ‘अथक’ सम्मानित भएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएशन जिल्ला समन्वय समिति कास्कीको दोश्रो अधिवेशनको अवसरमा शनिवार पोखरामा उनलाई सम्मान गरिएको हो ।

संस्थाका केन्द्रीय सल्लाहकार समन्वय परिषद अध्यक्ष रामप्रसाद अधिकारी र संस्थाका अध्यक्ष षडानन्द लामिछानेले संयुक्तरुपमा सम्मान पत्र र माला लगाएर सम्मान गरेका थिए । विगत २ दशक वढी पोखरामा रहेर पत्रकारिता गर्दै आएका ‘अथक’ रेडियो सराकोटका समाचार प्रमुख एवं समयदृष्टि डटकमका प्रधान सम्पादक हुन् ।

त्यस अवसरमा परिषद्का अध्यक्ष रामप्रसाद अधिकारीले लेखिापढी व्यवसायीका समस्या माथि राज्यले खेलवाड गरिरहेको बताए । उनले व्यवसायिक हकहितको लागि सम्पूर्ण व्यवसायीहरु एक हुनु पर्नेमा जोड दिए ।

सो अवसरमा संस्थाले कार्यालयका कर्मचारीहरु प्रेमकुमारी शर्मा, शोविता थापा र इन्द्र सुवेदी लगायतलाई समेत सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोखरेल, उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक सरोज देवकोटा, सचिव हरिप्रसाद शर्मा, लक्ष्मी सुवेदी, ऋषिराम आचार्य, महेश्वर सुवेदी, उपाध्यक्ष नारायणप्रसाद सुवेदी र सचिव जयराम अधिकारी लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button