हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको आदिकवि भानुभक्त क्याम्पस स्ववियूमा ने. वि. सङ्घको प्यानल विजयी :  सभापतिमा आले निर्वाचित

सुशिल बि. क. (संवाददाता)  प्रहार समाचार । तनहुँ, ५ चैत २०८१ मङ्गलवार । तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी सङ्घको प्यानल विजय भएको छ।

आज सम्पन्न भएको निर्वाचनमा नेपाल विद्यार्थी संघका अनुप आले  सभापतिमा निर्वाचित भएका छन्। आलेले ५ सय ५ मत प्राप्त गरेका छन्। सचिवमा निर्वाचित सागर पाण्डेले ४ सय ७१ मत प्राप्त गरेका थिए । त्यस्तै कोषाध्यक्षमा रोशन ओझाले ४ सय ७९ मत प्राप्त गरि निर्वाचित भएका छन्। निर्वाचनमा अखिल क्रन्तिकारी अध्यक्षमा निर्दोष भट्टराईले ३१, सचिवमा शिव बि .क. ले ४३ र कोषाध्यक्ष अशोक रुचालले २८ मत प्राप्त गरेका थिए ।

त्यस्तै अनेरास्ववियू अध्यक्षमा सविन लामिछानेले जम्मा ४ मत, सचिवमा आशिष पौडेलले १० मत र कोषाध्यक्ष शुसान्त पौडेललले ४ मत पाएका थिए । १ हजार ५ सय ७७ मतदाता मध्ये मतदानमा ५ सय ५५ मत खसेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button