प्रहार समाचार । तनहुँ, ४ चैत २०८१ सोमवार । तनहुँको म्याग्दे गाउँपालिकाका व्यवसायीहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।
तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाई समितिको आयोजनामा स्थानीय तहको कर, राजश्व, व्यवसाय दर्ता तथा सूचीकरण, खाद्य सुरक्षा र गुणस्तर व्यवस्थापन सम्बन्धि प्रशिक्षण तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम म्याग्दे गाउँ पालिकाको सभा हल ठूलो बगैंचामा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै सांसद शंकर भण्डारीले जनताको सेवकको रूपमा जनप्रतिनिधि र कर्मचारीहरुले व्यवसायीहरुको हितमा काम गर्नु पर्ने उल्लेख गर्दै त्यो र त्यो बहानामा व्यवसायीहरुलाई दुःख दिन नहुने बताए ।

पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले व्यवसायिहरुको हितमा निरन्तर काम गरेको चर्चा गर्दै व्यवसायहरू दर्ता गरेर नियम र कानुन सम्बतरूपमा सञ्चालन गरिनु पर्ने बताए ।

पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेज कुमार मल्ल, इकाईका उप सभापति सुरेन्द्र अधिकारी, पालिकाका प्रवक्ता मणिभद्र वाग्ले लगायतले अहिलेको आर्थिक मन्दिको अवस्थामा पनि व्यवसायी हरुले राजश्व तिरिरहेका चर्चा गर्दै स्थानिय तहहरुले व्यवसायीहरुको हितमा काम गर्नु पर्ने बताए ।

कार्यक्रममा ७ वटै वडाका दर्ता भएका ३ सय बढि व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

त्यस अवसरमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले स्थानिय तहको कर, दर्ता, नविकरण र सूचिकाण का विषयमा प्रशिक्ष प्रदान गरेका थिए । त्यस्तै आन्तरिक राजश्व कार्यालय तनहुँका कर अधिकृत खगेन्द्र सापकोटाले करको विषय र दायरा , खाद्य तथा गुणस्तरका सम्बन्धमा खाद्य तथा गुणस्तर कार्यालयका प्रमुख ज्योति आचार्य लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

इकाई समितिका सभापति सुन्दरमणि अधिकारीको अध्यक्षतामा सम्मन्न कार्यक्रमको सहजिकाण सचिव राजिव श्रेष्ठले गरेका थिए ।


