हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

मन्त्री चौधरीद्वारा तनहुँको व्यास नगर कवर्डहलको  उद्घाटन 

• सुशिल बि क (संवाददाता ) प्रहार समाचार । तनहुँ, २८ फागुन २०८१ बुधवार। युवा तथा  खेलकुद बिकास  मन्त्री तेजु लाल चौधरीले तनहुँको व्यास नगरपालिका -३, वीपी बनबाटिकामा  निमार्ण सम्पन्न भएको  कवर्डहलको एक कार्यक्रमका बिच मङ्गलवार  उद्घाटन गरे । तस्बिरहरु : प्रहार अनलाईन मिडिया

त्यस अवसरमा बोल्दै मन्त्री चौधरीले खेलकुद  मानिसको जीवनको एक अभिन्न अङ्ग जस्तै भएको चर्चा गर्दै  शारिरिक र मानशिक रूपमा स्वास्थ्य रहन पनि खेलकुदको महत्व रहेको बताए ।

मन्त्री चौधरीले  खेलकुदले  शारिरिक रूपमा स्वास्थ्य रहन, मनोरन्जन प्राप्त गर्न तथा खेलकुँद मार्फत देशको पर्यटन प्रवर्धन गर्न समेत टेवा पुग्ने उल्लेख गरे । उनले पछिल्लो समय खेलकुद  आय आर्जको माध्यम पनि भएको चर्चा गर्दै नेपालमा केहि महिना अघि  सम्पन्न एनपिएलमा अर्बौं रुपैयाँको कारोबार भएको तथा खेलाडीहरुले समेत राम्रो आम्दानी गरेको स्माण गरे । एउटै खेलाडीले लाखौ रुपैयाँ कमाउन लागेकाले नयाँ खेलाडीले पनि आफ्नो सिप बढाउन मेहेनत गर्नुपर्नेमा मन्त्री चौधरीले जोड दिए । 

गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले स्थानिय तहले विशेषगरि तनहुँको हरेक पालिकामा खेलकुदका पूर्वाधारहरु निर्माण गर्न यस क्षेत्रमा पर्याप्त बजेट छुट्याएर काम अगाडी बढाउनु पर्नेमा बताए ।
व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुँदको विकासमा बर्षैपिच्छे बजेट बिनियोज गरेको बताउँदै सहि सदुपयोग हुनु पर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल,राष्ट्रिय स्वतन्त्र पार्टि तनहुँका सभापति विश्व बास्तोला , तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा ,नेकपा एमाले तनहुँका सचिब प्रदिप अधिकारी, वडा नं २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ , व्यास नगर व्याड्मिन्टन क्लबका उपाध्यक्ष कुल बहादुर थापा लगायतले खेलकुदले राष्ट्रको नाम विश्वमाझ पुऱ्याएको उल्लेख गर्दै सरकारले यस क्षेत्रमा उचित बजेट बिनियोज गरेर यस खेलकुँदका पूर्वाधादान निर्माणमा जोड दिनु पर्ने बताए ।

कार्यक्रम व्यास नगर खेलकुँद समितिका संयोजक एवं व्यास नगर व्याड्मिन्टन क्लबका अध्यक्ष जीवन गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।
उक्त कबड हल व्यास नगरपालिकाको ८७ लाख ९५ हजार २ सय ३४, लागत नगद सहभागिता ७ लाख र १ लाख ७८ हजार ५ सय २२ श्रमदान गरी कुल ९६ लाख ६३ हजार ७ सय ४७ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको बताइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button