हेडलाईनसमाचारप्रदेश

आजको मौसम : चार प्रदेशमा हिमपात

प्रहार समाचार । काठमाडौँ, २० फागुन २०८१ मङ्गलवार ।  देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ। विहान सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको थियो भने अहिले वर्षा रोकिएको छ।

तस्विर : रासस

आज दिउँसो देशका उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। उता कर्णाली र सुदूरपश्चिमका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ भने बाँकी भू-भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button