हेडलाईनसमाचारप्रदेश

सिन्धुपाल्चोकमा शक्तिशाली भूकम्प : क्षतिको विवरण आउँदै

प्रहार समाचार । सिन्धुपाल्चोक ,१६ फागुन २०८१ शुक्रवार । सिन्धुपाल्चोकमा गए राती २ बजेर ५१ मिनेट जाँदा भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भूकम्पको धक्का सिन्धुपाल्योक सहित राजधानी काठमाडौं, ललिलपुर, भक्तपुर, रसुवा, नुवाकोट, सिन्धुली ,धादिङ, चितवन, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, तथा पूर्वी नेपालका  ताप्लेजुङ, विराटनगर, सुनसरी लगायतका जिल्लामा महसुस गरिएको थियो । कास्कीको पोखरा, श्याङ्जा, वाग्लुङ, पर्वत, गुल्मि, पाल्पासम्मका जिल्लाहरुमा समेत भूकम्पको  धक्का महसुस गरिएको बताइन्छ ।

सिन्धुपाल्चोकमा भूकम्पपछि आत्तिएर भाग्ने क्रममा सिन्धुपाल्चोक कारागारमा एक कैदी बन्दीको हात भोचिएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ।  उनका अनुसार भोटेकोशी गाउँपालिका वडा नम्बर ३  स्थित दुगुनागढीमा पहिरो खसेको छ । क्षतिको विवरण आउन बोकी रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button