हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

लमजुङ खेलकुद तथा सास्कृतिक महोत्सव : नृत्य प्रतियोगितामा शान्ति टोल तमू समाज प्रथम

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, १५ फागुन २०८१ विहीवार । प्रथम लमजुङ खेलकुद तथा सास्कृतिक महोत्सवमा आयोजित आमा समूहको सामुहिक नृत्य प्रतियोगितामा बेसीशहर नगरपालिका वडा नम्बर-७ स्थित शान्ति टोल तमू समाज प्रथम भएको छ ।

त्यस्तै प्रतियोगितामा सुन्दरबजार नगरपालिका वडा नम्बर-७ को दिदीवहिनी कृषक समूह द्धितिय र दोर्दी गाउँपालिका वडा नम्बर-८ को दोर्दी आमा समूह तृतीय भएका छन्।

त्यसैगरी बेसीशहर नगरपालिका वडा नम्बर-७ को  मनाङ्गे चौतारा तमू समाज र दोर्दी गाउँ पालिका वडा नम्बर-८ को बुद्धमिलन आमा समूह सान्त्वना भएका छन् । 

 प्रतियोगितामा प्रथम हुने समुहलाई ३० हजार नगद,द्धितिय र तृतीय हुने समुहलाई क्रमशः  १०/१० हजार नगद र  सान्त्वना हुने दुई टिमलाई ५/५ हजार नगद सहित  प्रमाणपत्र प्रदान गरिने महोत्सव आयोजक समितिले जनाएको छ । प्रतियोगितामा ११ टीमको सहभागिता रहेको थियो ।


महोत्सवमा जिल्ला खेलकुद तर्फ जिल्ला स्तरिय महिला र पुरुष भलिबल प्रतियोगिता, विद्यालय स्तरीय कराँते प्रतियोगिता, स्नुकर र छेलो प्रतियोगिता सम्पन्न भएको छ ।

सहजी खेलमैदानको लागि जग्गा खरीद गर्न आर्थिक सकंलन गर्ने उदेश्यले यहि फागुन ६ गते देखी १८ गतेसम्म खेलकुद तथा सास्कृतिक महोत्सव आयोजना गरिएको छ  । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button