हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले दस्तावेज लेखन गर्ने

प्रहार समाचार । तनहुँ, ११ फागुन २०८१ आइतवार । नेपाल पत्रकार महासङ्घ तनहुँले  दस्तावेज लेखन गर्ने भएको छ । धार्मिक तिर्थस्थल  व्यास नगरपालिका–३ स्थित व्यास गुफामा शनिवार  बसेको बैठकले शाखाको इतिहासदेखि वर्तमानसम्मको अवस्था समेटिने गरी दस्तावेज लेखनका लागि समिति गठन गरेको छ ।

शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा शाखाका पूर्व अध्यक्षहरु मुक्तिनाथ खनाल, प्रदीप काफ्ले, प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, उज्ज्वल पौडेल, पूर्व सचिव डा. बसन्त कंडेल, ऋषिराम पोख्रेल, निवर्तमान उपाध्यक्ष अस्मिता खनाल रहेका छन्  भने सदस्य सचिवमा शाखा अध्यक्ष धनपति अधिकारी (डिपी) रहेका छन् । 

शाखा अध्यक्ष अधिकारीले  दस्तावेजले महासङ्घको इतिहास देखि वर्तमानको  समग्र अवस्था अध्ययनका लागि सहयोग पुग्ने बताए ।

बैठकले व्यास गुफा क्षेत्र व्यास नगरपालिकाको महत्वपूर्ण धार्मिक गन्तव्यस्थल भएकाले यसको प्रचारप्रसारका लागि सबै सञ्चारमाध्यमलाई सहयोगका लागि आग्रह गर्ने निर्णय समेत गरेको सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।

त्यसक्रममा व्यास गुफा क्षेत्रका प्रमुख संरक्षक दामोदर बाबाले विभिन्न तथ्य र प्रमाणले महर्षि वेदव्यासको जन्म यहाँ भएको पुष्टि गरिसकेकाले यस क्षेत्रको प्रचारप्रसारका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

महासङ्घको आगामी बैठक जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनीस्थित छिम्केश्वरीमा बस्ने भएको सचिव कोषाध्यक्ष पूर्ण विकले जानकारी दिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button