प्रहार समाचार । तनहुँ, ६ फागुन २०११ मङ्गलवार । तनहुँको बन्दिपुर गाउँपालिका–६ का वडा सचिव नवीन भुसालमाथि कुटपिट गरी घाइते बनाएका सोहि वडाका वडाध्यक्ष बलबहादुर गुरुङलाई अभद्र ब्यबहारमा १० दिनको म्याद थप गरिएको छ ।

‘वडा अध्यक्षलाई अभद्र व्यवहारमा १० दिनको म्याद थप गरिएको छ ।’ तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले भने । वडा अध्यक्ष गुरुङले सचिव भुसालमाथि कुटपिट गरी घाइते बनाएपछि उनी पक्राउ परि अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता भएको थियो ।
इलाका प्रहरी कार्यालय बन्दीपुरले वडाध्यक्ष गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको छ । बन्दीपुर गाउँपालिकाले लिखित रुपमा कानुनी कारबाहीका लागि परिपत्र गरेपछि कारवाहीका लागि पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
भलिबल प्रतियोगितामाको बिल सचिवले पास नगरेको भन्दै वडाअध्यक्षले एका एका कार्यालय समयमा नै आक्रमण गरेका थिए । वडाध्यक्ष गुरूङको प्रहारबाट घाइते वडा सचिव भुसालको अनुहार र घाँटीको भागमा चोट लागेको छ । घाँटी सुन्निएकाले बन्दीपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरि उनको सोहि अस्पतालमा उपचार भइरहेको बताइन्छ ।






















