• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, १० माघ २०८१ बिहीवार । लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर-२, परेवाडाँडामा रहेको परेवाडाँडा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको छ ।

हिजो पोषणमैत्री स्वास्थ चौकी घोषणा गर्दै सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले पोषणमैत्री वडा घोषणा हुनु राम्रो काम भएको बताए । उनले अब क्रमश सबै वडा हरुले आवश्यक सूचकहरु पूरा गरी पोषणमैत्री वडा घोषणा गर्न तर्फ अग्रसर हुनु आग्रह गरे ।

परेवाडाँडा स्वास्थ्य चौकीका प्रमुख रामेश्वर सेढाईले प्रतिवेदन प्रस्तुत गर्दै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा सरकारले तोकेका विभिन्न सूचकहरु पूरा गर्न वडाबाट सकारात्मक सहयोग साथै स्वास्थ्यकर्मीहरुले अथक परिश्रम गरेको प्रहार समाचारलाई जानकारी दिए ।
अध्यक्ष एवं वडा नम्बर-२,का वडाध्यक्ष श्रेष्ठले पहिले स्वास्थ्य संस्था पोषणमैत्री बनाई सकेपछि अवका दिनमा स्वास्थ्य संस्थालाई पोषणमैत्री बनाउन आफु लागि पर्ने बताए। यस अघि वडा नम्बर-८,मा रहेको भोटेओडार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरि सकिएको छ। कार्यक्रम सुन्दरबजार नगरपालिका वडा नम्बर-२,का वडा अध्यक्ष नविन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।


























