हेडलाईनसमाचारप्रदेश

आजको मौसम : देशभर आंशिक बदली रहने,  चिसो बढ्दै

प्रहार समाचार । काठमाडौं,२४ पुस २०८१ बुधवार । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको
कारण आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम  सफा रहने महाशाखाको पूर्वानुमान छ। आज  राति कोशी प्रदेशका हिमाली र पहाडी भूभामा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम  सफा रहने महाशाखाले जनाएको छ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा बाक्लो हुस्सु/कुहिरो लागेर चिसो बढ्ने भएकाले दैनिक जनजीवन,स्वास्थ्य,यातायात  तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन समेत जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button