प्रहार समाचार । काठमाडौँ २१ असोज २०८१ सोमबार । काठमाडौंबाट भोजपुर जाँदै गरेको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीमा दुर्घटना हुंदा दुई जनाको मृत्यू भएको छ ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडी भलखाडामा दुर्घटना भएको हो ।
दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।
























