प्रहार समाचार । काठमाडौँ ,१७ असोज २०८१ बिहिबार । क्यानडा टी-२ सिरिज अन्तर्गत क्यानडाको ओन्टेरियोमा बुधबार राति भएको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।

क्यानडाको ओन्टेरियोमा बुधबार राति सकिएको खेलमा नेपालले ओमानमाथि ५६ रनको जित निकाल्यो । नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अलआउट भयो।
जितसँगै नेपालले चार अंक जोडेको छ भने अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको क्यानडाको पनि चार अंक छ। रनरेटमा क्यानडा पछि छ। तेस्रो स्थानको ओमानको दुई ंअंक छ। अब अन्तिम खेलमा ओमानले क्यानडालाई हराए नेपालको सिरिज जित्ने सम्भावना हुने छ ।
ब
ब
























