हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

मौसम : यसपालि मनसुन लम्बिएर दशैंसम्मै वर्षा हुने

प्रहार समाचार । काठमाडौँ , १७ असोज २०८१ बिहिबार । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै  रहेको छ । यसपालि मनसुन लम्बिएर दशैंसम्मै वर्षा हुने पूर्वानुमान मौसम बिद्हरुले गरेका छन् । 

आज बिहानै देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ । हाल कोशी र बाग्मती प्रदेशका  थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको जल तथा मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र मधेशका थोरै स्थानमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बाग्मती प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

आज राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावा-हुरीको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान  महाशाखाको बुलेटिनमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button