• विजय अधिकारी । (संवाददाता ) प्रहार समाचार ३ असोज २०८१ विहिवार । लमजुङ्गको बेसीशहर नगरपालिका वडा नम्बर -४,पुरानकोटमा रहेको सेवा सदन माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले विद्यालयका तीन शिक्षकलाई सम्मान गरेको छ ।

“ज्ञान ,बिज्ञान , सीप ,उद्यम र मौलिकता साझेदारी र प्रणालीगत क्षमता ” भन्ने मुल नाराका साथ ५८ औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर बिहीबार विद्यालयका तीन जना शिक्षलाई सम्मान गरेको हो ।
सम्मानित हुने शिक्षकहरुमा २०८० सालको एस इ इ परिक्षामा आफ्नो विद्यालयबाट सहाभागी विद्यार्थीहरुलाइ अङ्ग्रेजी विषयमा शत प्रतिशत उत्रिण गराउन सफल शिक्षक एवं विद्यालयका प्र.अ. खिन्दुरी गुरुङ,कक्षा ८ को बेसीशहर नगरपालिका स्तरीय वार्षिक परिक्षामा सम्मीलित विद्यार्थीहरुलाइ विज्ञान विषयमा शत प्रतिशत उत्रिण गराउन सफल शिक्षक एवं विद्यालयका सहायक प्र.अ. डिल्लीराज जैशी र नेपाली विषयमा शत प्रतिशत विद्यार्थीलाई उत्रिण बनाउन सफल शिक्षक एवं विद्यालयका पुर्व प्र.अ.सुर्यकान्त खनाललाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमबहादुर गुरुङले सम्मान गरेका हुन् ।

सम्मानका क्रममा बोल्दै अध्यक्ष गुरुङले सम्मान पाउने तिनैजना शिक्षकलाइ हार्दिक बधाई एवं आगामी दिनमा पनि निरन्तर सफलता मिलिरहोस भनी विद्यालय व्यवस्थापन समितिको तर्फबाट र विद्यालय परिवारको तर्फबाट शुभकामना दिएका थिए ।


























