प्रहार समाचार । काठमाडौँ २ असोज २०८१ बुधवार । आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको ओन्टेरियोमा हुने खेल नेपाली समयअनुसार बेलुकी ८:४५ बजे शुरू हुनेछ ।

पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको नेपाल आज पहिलो जितको आशामा रहेको छ । यसअघि भएका पाँचमधध्ये तीन खेलमा नेपाल विजयी भएको छ ।
२०२१ सेप्टेम्बर १४ मा भएको खेलमा ओमान पाँच विकेटले विजयी भएको थियो ।






















