हेडलाईनव्याससमाचारदेवघाटगण्डकीऋषिङशुक्लागण्डकीस्वास्थ्य

तनहुँको देवघाट गाउँपालिकामा रहेको छिपछिपे स्वास्थ्य चौकी  प्रथम

प्रहार समाचार १ असोज २०८१ मंङ्गलवार । तनहुँको देवघाट गाउँपालिका–३ मा रहेको छिपछिपे स्वास्थ्य चौकी कार्यम्पादनको आधारमा तनहुँ जिल्ला स्वास्थ्य संस्थाहरु मध्ये प्रथम हुन सफल भएको छ ।

गत आर्थिक वर्ष २०८० / ०८१ मा सम्पन्न कामहरुको मुल्यांकनमा प्रदेश स्वास्थ्य निर्देशनालयले तय गरेको स्वास्थ्य सेवा प्रदान गरेको सूचकको आधारमा उक्त  मूल्याङ्कन गरिएको थियो । जस अन्तरगत  तनहुँको  देवघाट गाउँ पालिकामा पर्ने  छिपछिपे स्वास्थ्य चौकी  प्रथम हुन सफल भएको हो । त्यसैगरी शुक्लागण्डकी नगरपालिका -४ मा रहेको खैरेनीटार स्वास्थ्य चौकी द्वितीय र रिसिङ गाउँपालिका – २ मा रहेको   काउँशिवपुर स्वास्थ्य चौकी तृतीय हुन सफल भएका छन् ।


खोप  ,सुरक्षित मातृत्व  , परिवार योजना लगायतका निर्धारित सूचकको मूल्याङ्कनबाट पुरस्कृत गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।    तनहुँ जिल्लामा  ८५ वटा स्वास्थ्य चौकीहरु रहेका छन् ।

प्रथम, द्वित्तिय र तृतिय हुन सफल स्वास्थ्य चौकीका प्रमुख एवं प्रतिनिधिहरुलाई हिंजो सोमबार दमौलीमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , ब्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ , स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शेकरबाबु अधिकारी लगायतले संयुक्त रूपमा पुरस्कृत गरेका थिए।

.



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button