हेडलाईनसमाचारप्रदेश

रवि लामिछाने  दोषी  ठहर: किटान गरेर कारबाहीको सिफारिश : सहकारीको रकम दुरुपयोग गरेको प्रमाणीत

प्रहार समाचार । काठमाडौं ३० भदौ २०८१ सोमवार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम दुरुपयोग गरेको प्रमाणीत भएको छ।

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई दोषी किटान गरेर कारबाहीको सिफारिस  गरेको छ ।

लामिछानेले गोर्खा मिडियाकै नाममा जारी भएको चेकमा हस्ताक्षर गरेर तलब एवं कार्यालय सञ्चालनका लागि पैसा निकासा गराएको पाइएको छ ।

२१ वटा चेकमध्ये एउटामा अध्यक्ष गितेन्द्र बाबु राई (जीबी राई)बाहेक अन्य सबैमा लामिछानेकै हस्ताक्षर रहेको प्रमाण समेत समितिले भेट्टाएको छ ।

८३ अर्ब अवैध कारोबारमध्ये ८५ करोड गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य समितिले फेला पारेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button