हेडलाईनसमाचारप्रदेश

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

प्रहार समाचार । काठमाडौँ ३१ भदौ २०८१ सोमवार ।  राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । आज राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । उनी माओवादी निकट सांसद हुन् ।

त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल निर्वाचित भएकी छन् । दाहाल एमालेकी सांसद हुन् ।निर्वाचित भएसँगै उनीहरुलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button