हेडलाईनसमाचारप्रदेश

आज सार्वजनिक बिदा

प्रहार समाचार । काठमाडौं ३१ भदौ २०८१ सोमवार । नेपाल सरकारले आज   मुस्लिम धर्मावलम्बीहरूलाई मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सम्बन्धित धर्मावलम्बीहरुका लागि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको हो ।

यस्तो छ गृहमन्त्रालयको पत्र :

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ  ‘ मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button