प्रहार समाचार । तनहुँ ३१ भदौ २०८१ सोमवार । महिला उद्यमी सङ्घ नेपाल तनहुँ शाखा नेपाल प्रथम हुन सफल भएको छ। महासङ्घको काठमाडौँमा सम्पन्न एक्काइसौँ साधारण सभाको अवसरमा महिला उद्यमी सङ्घ नेपालले ७० जिल्ला शाखामध्ये तनहुँलाई उत्कृष्ट घोषित गरेपछि नेपाल प्रथम भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र महासंघ अध्यक्ष शोभा गामालीले तनहुँ शाखाका अध्यक्ष निर्मला मल्ल लाई , प्रमाण पत्र सहित नेपाल प्रथमको सम्मान गरेका थिए ।
कार्यक्रममा तनहुँको प्रतिनिधित्व गर्दै शाखाका अध्यक्ष सहित महासचिव सरु श्रेष्ठ सदस्यहरू मञ्जु थापा र बेलु श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रथम भएपछि खुशी व्यक्त गर्दै तनहुँ शाखाका अध्यक्ष मल्लले शाखालाई थप जिम्मेवारी बढेको बताउँदै आगामी बर्ष अझ सशक्त ढङ्गबाट आम महिला उद्यमीहरुको पक्षमा जिम्मेवार भएर लाग्ने बताईन्।






















