प्रहार समाचार । तनहुँ ३० भदौ २०८१ आईतवार । निजी क्षेत्रको ठूलो इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिङ कम्युनिकेसनले २८ औं वर्ष पूरा गरी २९ औं वर्ष प्रवेश गरेको छ । यसै अबसमा वर्ल्डलिङ कम्युनिकेसन दमौली शाखाले एक कार्यक्रमका बिच वाषिकोत्सव मनाएको छ।

व्यास ३ दमौलीको शाखा कार्यालयमा आज आयोजित कार्यक्रममा जिआर एस लिंङ्का प्रतिनिधि बसुन्धरा घर्ती , नेपाल टेलिकम दमौली शाखाका प्रमुख प्रविण नेपाली , प्रहर अनलाईन मिडियाका सम्पादक एवं अध्यक्ष शंकरराज नहर्की , प्रादेशिक खबर दैनिकका सम्पादक मदन वाग्ले , प्रेश चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठ लगायतले कम्यूनिकेशनले ग्राहकको गुणस्तरीय सेवा उपभोग गर्न पाउने अधिकारमा ध्यान दिन आग्रह गर्दै कम्पनीको प्रगतिको कामना गरेका थिए । १९९५ बाट इमेल सेवाबाट आफ्नो सेवा प्रारम्भ गरेको यस कम्पनीले डायलप , वायरलेस , केवल तार हुँदै फाइबरबाट सेवा प्रदान गर्दै आएको छ।
देशभरमा १० लाख भन्दा बढी ग्राहक रहेको यस कम्पनीको गण्डकी प्रदेशमा १ लाख बढि र तनहुँको दमौलीमा १० हजारको हाराहारीमा ग्राहक रहेको दमौली शाखाका प्रमुख हरिनारायण रेग्मीले प्रहार समाचारलाई बताए ।

कम्पनीले आगामी दिनहरूमा ग्राहकहरूको मुहारमा खुसी ल्याउँदै थप गुणस्तर र समयानुकुल स्तरीय सेवा प्रदान गर्ने समेत प्रतिबद्धता रेग्मीले गरे ।























