हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

बेसीशहर नगरपालिका वडा नम्बर – ११ भयो बालमैन्त्री वडा घोषणा

विजय अधिकारी ।  (संवाददाता ) प्रहार समाचार ३० भदौ २०८१ आइतवार ।   लमजुङ बेसीशहर नगरपालिकाको वडा नम्बर -११,चितीलाई ६० औं राष्ट्रिय  बालदिवसको अवसरमा बालमैन्त्री वडा घोषणा गरिएको छ ।

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जनकल्याण मा.वि.वडा नम्बर -११,चितिमा भएको कार्यक्रममा वडा अध्यक्ष शिवप्रसाद जोशीलाई बालमैत्री घोषणाको प्रमाणपत्र  प्रदान गरेर उक्त घोषण गरेका हुन् ।


नेपाल सरकारले बालमैन्त्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पूरा गरे सगै बेसीशहर नगरपालिका वडा नम्बर -११, चितिलाइ नगरपालिका प्रमुख मेयर अर्यालले हिंजो बालमैन्त्री वडा घोषणा गरेका हुन् ।


कार्यक्रमको उदघाटन र बालबालिकाको वस्तुगत विवरण २०८१ प्रस्तुत गर्दै प्रमुख अतिथि मेयर अर्यालले बालबालिकाहरुलाई घरदेखी विद्यालय र विद्यालय देखि समुदाय सम्म बालमैन्त्री व्यबहार गर्नुपर्ने , बालबालिकालाई अभिभावकले गर्ने व्यबहार र बोलिचालीले ठुलो प्रभाव पार्ने भएकोले बालबालिकाका अगाडि गलत व्यबहार गर्न र जथाभावी बोल्न नहुने मेयर अर्यालको भनाई थियो ।


कार्यक्रममा बेसीशहर नगरपालिकाका  कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले बालमैन्त्री वडा घोषणा गर्दा गर्नुपर्ने ५१ वटा सूचकको अवस्थाका बारेमा जानकारी गराउदै बालमैन्त्री वडा घोषणा गर्न कम्तीमा ८० प्रतिशत अंक प्राप्त गर्नुपर्नेमा वडा नम्बर -११,ले कुल ९६ प्रतिशत अंक प्राप्त गरि बालमैन्त्री वडा बनेको बताए ।
पोख्रेलका अनुसार – ५१ वटा सूचकमा  ५ बर्ष मुनिका सबै बालबालिकाहरुको जन्मदर्ता भएको हुनुपर्ने,५ देखि १४ बर्ष उमेर समुहका शतप्रतिशत बालबालिकाले आधारभुत शिक्षा पुरा गरेको हुनुपर्ने ,दक्ष स्वास्थकर्मीबाट सुत्केरी गराइएको हुनुपर्ने , स्थानीय तह बालबिबाह मुक्त हुनुपर्ने , सडक बालबालिकाको सख्या शुन्य भएको हुनुपर्ने लगायतका बालबालिकाको अधिकार संग सम्बन्धित विषयहरु रहेको  बताएका थिए ।


बालमैन्त्री वडा घोषणा कार्यक्रममा प्रमुख अतिथि मेयर गुमानसिंह अर्यालले बालमैन्त्री वडा घोषणा गर्न सूचक अनुसार आर्थिक , भौतिक र सास्कृतिक रूपमा सहयोग गर्ने संघसस्थालाई प्रमाणपत्र वितरण गरेका थिए । त्यसै गरि   वडा अध्यक्ष शिवप्रसाद जोशीले प्रमुख अतिथि लगायत बालमैन्त्री वडा घोषणा गर्नका लागि सहयोग गर्ने सम्पुर्णलाई मायाको चिनो र वडा नम्बर -११, भित्र रहेका सम्पुर्ण विद्यालय,महिला संजाल , आमा समूह , टोल सुधार समिति , बालक्लब, युबक्लब , भजन समूह , लाखेनाच लगायत सबैलाई प्रमाणपत्र बितरण गरेका थिए ।

कार्यक्रममा बेसीशहर नगरपालिकाका उपमेयर पद्यमा गुरुङ , प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ , वल्डभिजन ईन्टरनेशनल नेपालका निर्देशक अनुप राना , बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल , ने.क.पा.एमालेका  जिल्ला अध्यक्ष राजकुमार विस्ट , जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक मिनबहादुर घले , सशस्त्र प्रहरी  नायब उपरीक्षक दिपक पुरी , राष्ट्रिय अनुसन्धान प्रमुख बिष्णु पन्डित , बेसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख किसानराज चिलुवाल , ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडिसि) का अध्यक्ष राजेन्द्र बोहरा , बेसीशहर नगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्षहरु,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , राजनीतिक दल,वडा भित्रका विद्यालयका प्र.अ.तथा शिक्षकहरु , आमासमुह,महिला संजाल , बालक्लब,युवाक्लब, टोल सुधार समिति पत्रकार, स्वास्थकर्मी , सुरक्षाकर्मी विभिन्न विद्यालयका विधार्थीहरु लगायतको उपस्थित रहेको थियो ।

वडा नम्बर -११ का वडा अध्यक्ष शिवप्रसाद जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य विजयराज सेढाईले स्वागत तथा  जनकल्याण मा.वि.चितीका सहायक प्र.अ. विनोद बाबू सेढाईले कार्यक्रमको सहजिकरण गरेका थिए ।


बेसीशहर नगरपालिलाई २०८२ साल भित्र बालमैन्त्री स्थानीय शासन बालमैन्त्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको मा वडा नम्बर -११, सहित हाल सम्म ६ वटा वडालाई बालमैन्त्री वडा घोषणा गरिएको ग्रामीण सामुदायिक विकास केन्द्र  का अध्यक्ष राजेन्द्र बोहराले प्रहार समाचारलाई जानकारी दिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button