हेडलाईनसमाचारगण्डकीखेलकुद

मुवाँथाई संघ लमजुङ जिल्लाको अध्यक्षमा भुपेश गुरुङ

•विजय अधिकारी । (संवाददाता ) प्रहार समाचार भदौ २०८१ शुक्रवार । लमजुङ जिल्ला मुवाँथाई संघको जिल्ला अध्यक्षमा भुपेश गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई महासंघको परिपत्र अनुसार लमजुङमा गुरुङ अध्यक्ष रहने गरि नौ सदस्यीय लमजुङ जिल्ला मुवाँथाई संघ गठन गरिएको हो ।


 

नवगठित लमजुङ जिल्ला मुवाँथाई संघको उपाध्यक्षमा राज गुरुङ , सचिवमा उषा गुरुङ र कोषाध्यक्षमा सन्तोष श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन । त्यस्तै सदस्यहरुमा क्रमशः बृक्ष घले , अजय गुरुङ , सृष्टि छेत्री , जेन्नी गुरुङ र बिकास तामाङ रहेका छन भने अध्यक्ष भुपेश गुरुङ र राज गुरुङ प्रदेश प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई महासंघ सचिव खगेन्द्र छेत्रीको उपस्थितिमा लमजुङ जिल्ला सदरमुकाम बेसीशहरमा भएको मुवाँथाई खेलाडीहरु बिच भएको भेलाले लमजुङ जिल्ला मुवाँथाई संघ गठन गरेको निर्वाचित अध्यक्ष भुपेश गुरुङले प्रहार समाचारलाई जानकारी दिए ।

उनले भने – ‘अब लमजुङमा जिल्लास्तर बाट नै व्यवसायीक खेलाडीहरु उत्पादन गर्नुपर्छ । ‘ यसैका लागि काठमाडौको सामाखुसीमा हिट मुवाँथाई किकबक्सिङ एण्ड फिटनेस ऐकेडेमी सञ्चालनमा आएको र उक्त ऐकेडेमीमा ५ जना खेलाडीले व्यवसायीक रूपमा खेल खेल्दैआएका र अन्य खेलाडीहरु खेलको प्रशिक्षण लिइरहेकको पनि उनले जानकारी दिए । नेपाल राष्ट्रिय मुवाँथाई महासंघका सचिव खगेन्द्र छेत्रीले भने पछिल्लो समयमा नेपालमा समेत मुवाँथाईको लोकप्रियता बढदै गएको कारण मुवाँथाई खेलको विकास र विस्तार दर्ने उद्देश्य सहित लमजुङ जिल्लामा मुवाँथाई संघ गठन गरेको जानकारी दीए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button