प्रहार समाचार । बागलुङ २८ भदौ २०८१ शुक्रवार । बाङ्लुङमा अहिले बिहान जीप दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्य भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटना बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार जिल्लाको मध्यपहाडी लोकमार्गअन्तर्गत गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा सडक बाट झण्डै तीन सय मिटर तल खसेको थियो । आ रा १ झ २०० नम्बरको जीप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यू भएको हो । मृत्यू हुनेहरुको हाल सम्म परिचय खुल्न सकेको छैन ।
प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ भने घाइतेलाई उद्धार गरी उपचारका लागि बागलुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटना ग्रस्त जित



















