हेडलाईनव्याससमाचारगण्डकीसाहित्य

तनहुँका भण्डारी नेपाली काङ्ग्रेस साहित्य , कला तथा संस्कृती विभागको सदस्यमा मनोनीत

प्रहार समाचार । तनहुँ २८ भदौ २०८१ शुक्रवार । तनहुँको सदरमुकाम दमौली निवासी  युवा व्यवसायी तथा व्यास नगरपालिका वडा नं ४ का वडा सदस्य  सरोज भण्डारी नेपाली काङ्ग्रेस साहित्य , कला तथा संस्कृती विभागको सदस्यमा मनोनीत भएका छन् ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबाले नेपाली कांग्रेसको विधान, २०१७( सहित) को धारा २५ (९ ) बमोजिम पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको नेपाली कांग्रेस साहित्य कला तथा संस्कृति विभागको सदस्यमा भण्डारीलाई चयन गरेका हुन् ।


यसैगरी मनोनीत हुने अन्य सदस्यहरूमा यज्ञ राज उपाध्याय अछाम, राजेन्द्र खत्री काठमाडौँ, रविन्द्र खड्का काभ्रेपलाञ्चोक, रमेश कोइराला चितवन, चन्द्र शर्मा दाङ, सिरपदेब घिमिरे ललितपुर, शान्ति  सदा सिराहा, देशु सुहाङ पाँचथर र गणेश हमाल दैलेख रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख रहेको छ।

मनोनित गरेको पत्र :



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button