प्रहार समाचार । तनहुँ २७ भदौ २०८१ विहिवार । तनहुँको सदरमुकाम दमौली स्थित मुख्य चोक सकासडक निवासी गोपाल लौडारी हिंजो बिहान बाट सम्पर्क विहिन रहेका छन्।
७५ बर्षीय लौडारी हिंजो बिहान मनिङ वाक गर्ने भनेर विहानै घरबाट निस्किएका थिए ।
सम्पर्क विहिन लौडारी :

सकासडकमा रहेको सिसी क्यामराको फुटेजमा लौजरी घरबाट निस्किएर सकासडक हुँदै जिल्ला प्रशासन कार्यालयको गेटबाट तल गएको पारिवारिक श्रोतले बताएको छ।
लौडारी हराएपछि परिवार चिन्तामा परेको छ। साधगी स्वभावका सिधा लौडारी हराएपछि परिवारले प्रहरीकोमा खबर गरेपछि आज बाट आफन्तजन र प्रहरी संयुक्त रुपमा लौडारीको खोजि गरिहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।






















