हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भियतनामको उत्तरी क्षेत्रमा चक्रवात :  ६५ जनाको मृत्यु , ३९  बेपत्ता

प्रहार समाचार । भियतनाम २५ भदौ २०८१ मङ्गलवार । भियतनामको उत्तरी क्षेत्रमा सुपर टाइफुन यागी नामक चक्रवातका कारण आज ६५ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएको त्यहाँको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।

चक्रवातसँगै आएको बाढी र पहिरोमा परी ७५२ जना घाइते भएको जनाइएको छ । मङ्गलवार लाओ काई र येन बाई प्रान्तको थाओ नदीको जलस्तरले सन् १९६८ र २००८ को ऐतिहासिक रेकर्डलाई पार गरेको स्थानीय समाचारमाध्यमले जनाएको छ ।

राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्चतम चेतावनी जारी गरेको छ ।  हनोईको ‘रेड रिभर’को बढ्दो जलस्तरले सोमवारदेखि शहरका विभिन्न क्षेत्रहरूमा बाढी आएको भियतनाम समाचार समितिले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button