हेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

तनहुँको सदरमुकाम दमौली आसपासमा दैनिक ७ घण्टा विद्युत अवरुद्ध हुने

प्रहार समाचार । तनहुँ २५ भदौ २०८१ मङ्गलवार । तनहुँको सदरमुकाम दमौली बजार आसपासमा आजदेखि दैनिक ७ घण्टा विद्युत अवरुद्ध हुने भएको छ।

मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत दमौली बजारमा सडक किनारमा नयाँ पोल गाडेर लाइन विस्तार गरी पुरानो संरचना हटाउने कार्यका लागि आजदेखि छ दिन सम्म दैनिक विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिए ।


सडक विस्तारका क्रममा पोल गाड्ने काम भइरहेको र यसका लागि ३० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने केन्द्रका प्रमुख रेग्मीले बताए ।पोलमा नयाँ लाइन विस्तार गर्न व्यास नगरपालिका वडा नम्बर १ ,२ ,३ ,४ र ५ को केही भागमा आवश्यकता अनुसार विद्युत अवरुद्ध हुने केन्द्रले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button