हेडलाईनसमाचारप्रदेश

जनताका अपेक्षा अनुसार काम गर्न नसक्नुको कारण आदर्श राजनीतिमा आएको ह्रास : राष्ट्रपति पौडेल

प्रहार समाचार । काठमाडौँ , २४ भदौ २०८१ सोमवार । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै हामीले जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताएका छन् ।

बीपी ट्रस्टद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने – ‘ऐतिहासिक र गर्व गर्न लायक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै हामीले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्नुमा आदर्श राजनीतिमा आएको ह्रास हो भन्ने मलाई लागिरहेको छ । सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन । तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने पनि चिन्ता समेत लागेको छ।’

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन बीपीले अघि सारेको  कल्याणकारी राज्यको अवधारणा सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आर्दश राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे ।

राष्ट्रपति पौडेलद्वारा कवि श्रेष्ठ र प्रजातन्त्रका सेनानी  भण्डारी सम्मानित  :

यसै बिच राष्ट्रपति पौडेलले कार्यक्रममा “जननायक बीपी कोइराला स्मृति ट्रस्ट“ (बीपी ट्रस्ट) द्वारा साहित्य साधनामा आफ्नो जीवन अर्पण गर्ने  साहित्यकार कवि  द्वारिका श्रेष्ठलाई १ लाख  १ हजार राशीकाे र बीपीको आदर्श, मूल्य, मान्यताप्रति समर्पित प्रजातन्त्रका सेनानी  भोजराज भण्डारीलाई  ५१  हजार  राशी प्रदान गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button