प्रहार समाचार । काठमाडौ २१ भदौ २०८१ शनिवार । अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जस्काकारण बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान रहेको छ ।
उता आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ।
त्यसगरी आज बागमती र कर्णालीका एक-दुई स्थानमा राती भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रकाशित गरेको आजको नियमित बुलेटिनमा उल्लेख गरेको छ।
























