प्रहार समाचार । तनहुँ ७ भदौ २०८१ शुक्रवार । तनहुँको पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नं २ मा पर्ने ऐनापहरा नजिक दुर्घटना ग्रस्त भएको छ। आज शुक्रवार विहान मर्स्याङ्दी नदीमा UP SP 723 नम्बरको भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला ट्राफिक प्रदी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले बताएका छन्।

पोखराबाट काठमाडौं आउँदै गरेको बसमा ४० जना यात्रु रहेको अनुमान गरिएको छ । घटना स्थलबाट १५ जनाको लास फेला परेको इलका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक सोम बहादुर थापाले बताए । घटनास्थलमा खोजतलास भईरहेको र उद्धारका लागि सशस्त्र र नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घटनाको थप बिबरण आउन बाँकी रहेको छ ।
























