प्रहार समाचार । तनहुँ ७ भदौ २०८१ शुक्रवार ।
तनहुँका एक बालकको आर्थिक अभावले उपचारमा समस्या भएको छ । यस्तो समस्यामा पर्ने ऋषिङ गाउँपालिका–८ को साईटोल, माझकोट निवासी बालकृष्ण नगरकोटीका छोरा वर्ष १२ का दिलिप नगरकोटी रहेका छन्।

पोखरा स्थित गण्डकी अस्पतालमा उपचारत दिलिपको टाउकोमा मासु पलाउने र पानी जम्ने समस्याले पीडित रहेका छन् ।
आफ्नो आर्थिक अवस्थाले उपचारको धान्न नसकिने भएकाले चिन्ता परेको परिवारजनले बताएका छन् । बालकका पिता बालकृष्ण नगरकोटीले छोराको उपचारमा एक लाख बढी रुपियाँ खर्च भइसकेको र अझै दुई लाख जति रुपियाँ तत्काल आवश्यक रहेको बताए । ‘पहिला उपचार गर्दा लागेको एक लाख ऋण तिर्न सकेको छैन, थप खर्च कसरी जुटाउने हो समस्या परेको छ , डाक्टरले उपचार सम्भाव हुने तर खर्च भने धेरै लाग्ने बताएकोले आर्थिक अभावले गर्दा चिन्ता परेको छ नगरकोटिले भने ।
‘मेरो छोराको जीवन बचाउन सहयोग गर्ने व्यक्तिहरु मेरा लागि साक्षात् भगवान हुनेछन् ‘ आँखाभरी आँशुलिंदै उनले भने ।
बालक दिलिप स्थानीय शिवसरस्वती माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्दै आएका थिए । बालकको बुबा र आमाले खेतीकिसानी गरेर जिविकोपार्जनगर्दै आएको र आर्थिक अवस्था कमजोर भएकोले बालकको उपचारमा समस्या भएको ऋषिङ गाउँपालिका–८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले बताए । सबैले आर्थिक सहयोग गरेर बालकलाई बचाउनु पर्ने वडाध्यक्ष श्रेष्ठको भनाई छ। आर्थिक अभावले उपचारमा ढिलाइ हुँदा बालक दिलिपको पढाइ प्रभावित हुँदैआएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।
बालक दिलिपको जीवन रक्षा गर्न मनकारीहरुका लागि बालकका पिता बालकृष्ण नगरकोटीको कुमारी बैंक लिमिटेडको ऋषिङ शाखामा रहेको खाता नम्बर ०८३००४५००५४००००१ मा आर्थिक सहयोग उपलब्ध गराउन पनि परिवारले अनुरोध गरेको छ । थप जानकारीका लागि आफ्नो फोन नम्बर ९८१८७८३७८० मा सम्पर्क गर्न पनि बालकका बुबा बालकृष्णले आग्रह गरेका छन् । यसका साथै प्रहार अनलाईन पत्रिका मार्फत पति यहाँहरुले सहयोग गर्नु सक्नुहुनेछ। जस्कालागि पत्रिकाका सम्पादकको मो नं ९८४६०६७०२७ मा फोन गरेर पनि सहयोग गर्न सकिने छ।
























