प्रहार समाचार । काठमाडौँ १ भदौं २०८१ शनिवार । पशुपति नाथ परिसरमा सञ्चालन भएको कोटिहोम परिसर हिजो राती तनाव ग्रस्त बन्यो। मानव तस्करको आरोप लागेका विवादित छविका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई प्रहीले पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको हो। हिंजो राति कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए ।

प्रहरीले पक्राउ गर्न खोजेपछि विजयकृष्ण समर्थकबिचबाट बोल्दै आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए । लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो । त्यस लगत्तै रिपोटिङको लागि कोटिहोम पुगेक पत्रकार श्याम सुन्दर पुडासैनीमाथि विजयकृष्णका समर्थकले हातपात गरेका थिए ।
महायज्ञका नाममा शृंखलाबद्ध ठगी धन्दा चलाएका विजय भण्डारीविरूद्ध प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखामा दर्जनौँ जाहेरी परेको समाचार स्रोत बताउँछ । २८ जना पीडितले एक करोड २७ लाख ६० हजार ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि उनी २०७१ असोजमा विवादित पण्डित मूर्ती पक्राउ समेत परेका थिए ।

२०७३ मंसिर ६ मा काठमाडौंले जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले विष्णु प्रपन्नाचार्य बताउने विजय भण्डारीलाई २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला गरेको थियो । त्यसअघि उनी पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारमा २०७१ असोज ६ गते पुर्पक्षका लागि थुनामा पुगेका थिए । अदालतको फैसलापछि कैद सजाय भुक्तान गरेर उनी २०७३ चैत १४ मा रिहा भएका थिए । उनले जहाँ जहाँ महा यज्ञ संञ्चालन गर्छन् त्यहाँ त्यहाँ विवाद हुने गरेको विगतले देखाएको छ। सुरुमा आयोजकलाई मिठो बोलीको ललिपप देखाएर उद्देश्य अनुरूप पैसा नउठेमा एक रुपैया पनि लिन्न भन्ने र यज्ञ सम्पन्न भएपछि मोटो रकम असुलेर जानेगरेको उनको विगतले देखाएको र समाचार श्रोतले बताएको छ ।

























