प्रहार समाचार । तनहुँ २५ साउन २०८१ शुक्रवार । तनहुँको व्यास नगरपालिका नम्बर १, विज्ञानचौर ,भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसलाई आज सम्मान गरिएको छ।
विश्व आदिवादी व दिवस २०८१ को अवसरमा आज तनहुँको सदरमुकाम दमौलीमा आयोजित एक कार्यक्रममा क्याम्पस सहित क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई सम्मान गरिएको हो ।

क्यापसले क्याम्पस सञ्चालक समिति अन्तर्गत आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बर्धन एवं विकास समिति गठन गर्नुका साथै क्याम्पसको शैक्षिक प्रशासन अन्तर्गत आदिवासी जनजाति भाषा तथा संस्कृति विभाग गठन गरी नेपालमै पहिलोपटक स्नातक तहमा मगर भाषा प्रशिक्षक प्रशिक्षण पाठ्यक्रम तयार गरी अध्ययन अध्यापन गराउने व्यवस्था मिलाएकोमा सम्मान गरिएको हो ।
यसका साथै क्याम्पसले आदिवासी जनजातिको भाषा तथा संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण प्राज्ञिक कार्यको सुरुवात गरेकोमा क्याम्पसलाई सम्मान गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् व्यासनगरका अध्यक्ष क्याप्टेन सोमबहादुर थापाले बताए।

सम्मान लिंदै क्यामास प्रमुख महाप्रसाद हड्खलेले प्रत्येक भाषा भाषीले आआफ्नो भाषा , संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्नुपर्ने बताउँदै निकट भविष्यमा क्याम्पसले दरै तथा बोटे भाषाको संरक्षणमा प्रशिक्षण कार्यक्रम संचालन गरिने बताए।




















