हेडलाईनसमाचारदेवघाटगण्डकी

तनहुँको देवघाटमा रहेको परमानन्द संस्कृत गुरुकुलका छात्र पाण्डे नेपाल प्रथम

प्रहार समाचार । तनहुँ १९ साउन २०८१ शनिवार । तनहुँ जिल्लाको देवघाट गाउँपालिका अन्तर्गत पर्ने परमानन्द संस्कत गुरुकुल आवासीय माध्यमिक विद्यालयका छात्र कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएका छन्।

हिंजो प्रकाशित कक्षा १२ को नतिजा अनुसार उक्त विद्यालयका छात्र श्रीधर पाण्डेले ३.७६ GPA ल्याई संस्कृत गुरुकुलतर्फ सर्वोत्कृष्ट अङ्क ल्याई नेपाल प्रथम हुन सफल भएका गुरुकुलका प्राचार्य डा. स्वामी विमलानन्द सरस्वतीले जानकारी दिए।


यसका साथै परीक्षामा सहभागी १७ जना सबै छात्रहरूले A+ र A ग्रेडमा उत्तीर्ण हुन सफल भएका विद्यालयले जनाएको छ।
यो गुरुकुलका छात्रहरु लगातार चार वर्ष संस्कृततर्फ नेपाल प्रथम हुन सफल भएका गुरुकुलले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button