हेडलाईनसमाचारप्रदेश

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

प्रहार समाचार । धनुषा २१ असार २०५१ । पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यू भएको छ।

प्राप्त समाचार अनुसार धनौजी गाउँपालिका–५ बअुहर्वामा  रहेकोको  सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले जानकारी दिए ।  बिहीबार दिउँसो १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । 

एक जना मृत्यु भैसकेको अवस्थामा भेटिएको थियो भने दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी अवालेले बताए । उनीहरुको नुहाउने क्रममा डुबेर मृत्यु भएको बताइएको छ।


बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button