हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम: हल्कादेखि मध्यम वर्षा हुने

प्रहार समाचार । काठमाडौँ, जेठ २४ ।नेपालमा स्थानीय वायु, पश्चिमी वायुको प्रभाब कायमै रहेको छ। यसका साथै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव पनि कायमै रहेको
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र बांकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

राति कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, कर्णाली र लुम्बीनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button