हेडलाईनसमाचारप्रदेश

दरबार हत्याकाण्डको कालो दिन आज : राजा विरेन्द्रको वंशनाश कस्ले गरायो ?

प्रहार समाचार । काठमाडौँ, जेठ १९ । दरबार हत्याकाण्ड भएको कालो दिन  जेठ १९ गते आज । आजकै दिन नेपाली जनताका लोकप्रिय राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको २३ भएको छ । तर हत्याको रहस्य इतिहासकै गर्भमा लुकिरहेको छ।

आजकै दिने २०५८ जेठ १९ गतेको कालो रातमा  राजा वीरेन्द्रको वंशनाश हुनेगरि अकल्पनिय विभत्स भएको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो ।

भनिन्छ–दरबार हत्याकान्डमा षडयन्त्र भएको छ । तर यो षणयन्त्र कसले गर्‍यो ? अहिलेसम्म रहस्य भने बाहिर आउन सकेको छैन ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए ।

हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन । हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ ।

यो २३ वर्षको बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्डको रहस्य खुलेन । राजसंस्था नै अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको यतिका वर्ष हुँदा पनि छानबिन भएको छैन । जुन जोगी आए पनि कानै चिरेका भनेझै यतिका वर्षमा धेरै सरकार परिवर्तन हुदा पनि सत्यतत्थ्य कुरा बाहिन नआउनु / छानबिन नहुनु सरकार र राजनैतिक दल प्रति एउटै प्रश्न तेर्सिएको छ “दरवार हत्याकाण्ड कस्ले र किन गरायो ?”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button