हेडलाईनसमाचारप्रदेश

सिरोहियाको स्वास्थ्यमा समस्या आएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

प्रहार समाचार । काठमाडौँ, जेठ १५ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको स्वास्थ्यमा थप समस्या आएपछिलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ ।  उनलाई काठमाडौँ लैजान चिकित्सकले सुझाव दिए अनुरूप मंगलबार काठमाडौँ ल्याइएको हो ।  

उनलाई उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।  
कान्तिपुर मिडियाका कानुनी सल्लाहकार किशोर पौडेलका अनुसार सिरोहियाको छातीमा अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौँ लैजान चिकित्सकले सिफारिस गरेका थिए ।

नागरिकता प्रकरणमा कान्तिपुर मिडियाको कार्यकक्षबाटै सिरोहियालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जनकपुर लगिएको थियो । जिल्ला अदालत धनुषाले तीन पटक तीन तीन दिन म्याद थप गरेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button