हेडलाईनसमाचारप्रदेश

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति पौडेल

प्रहार समाचार ।  काठमाडौँ , जेठ ४ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।


“सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार” भन्ने नारासाथ नेपाल बार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौँमा उद्घाटन  गर्दै राष्ट्रपति पौडेलले भने – “लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता  र अन्यायको निवारणको उपाय र उपचार हो, विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले विर्सन हुन्न”

राष्ट्रपति पौडेलले न्याय, न्याय भनेर मात्रै नपुग्ने उल्लेख गर्दै  यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्नेमा जोड दिए ।
स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारको क्षेत्रमा सदैव क्रियाशील बार एशोसियसनले न्याय कानुनका विषयमा गर्ने महत्वपूर्ण र उद्देश्यमूलक छलफलबाट निस्कने निष्कर्षले मुलुकमा न्यायपूर्ण एवम् सुशासनयुक्त अवस्था सृजना गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलले  विश्वास लिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button