प्रहार समाचार । काठमाडौँ, जेठ ४ । संसद भवन अहिले नाराबाजी गर्ने, हातहालाहाल गर्ने थलो जस्तै बनेको छ। विहिबारको स्थिति त्यस्तै देखियो ।

सत्तापक्षसँग कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने जनाएको हो ।
बिहीबार दिउँसो सत्ता पक्ष र कांग्रेसबिच भएको छलफलमा सहमति नभएपछि कांग्रेसले संसद् अवरोधको अडान कायम राखेको छ ।कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार सत्ता पक्षले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नतोकेर संसदीय समिति गठन गर्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको हो ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले सत्ता पक्षसँग छलफल गरेपनि संसदीय छानबिन समिति गठनको विषयमा सहमति नभए बताए ।

























