प्रहार समाचार । ललितपुर, बैशाख ३१ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा भएको आगलागीमा दुई छोरी सहित आमाको दुःखद निधन भएको छ।

मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए । उनीहरूलाई उपचारार्थ ग्वार्कोस्थित किस्ट अस्पतालमा लगिएको थियो ।
२४ गते सञ्जयका छोरीहरू क्रमशः ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको थियो । सञ्जकी श्रीमती ३२ वर्षीया रुपा गिरीको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
























