हेडलाईनसमाचारगण्डकीविजनेस

गण्डकी प्रदेशका ८ सहकारीले दुई अर्ब ३८ करोड बढि रकम  हिनामिना

प्रहार समाचार । पोखरा, बैशाख३१ । एउटा प्रदेशको मात्रै ८ सहकारीले बचत कर्ताको दुई अर्ब ३ करोड बढि रकम हिनामिना गर्छन् भने बाँकी छ प्रदेशको समेत तथ्याङ्क हेर्ने हो भने कति रकम हिनामिना भएको होला ? हो यो हिनामिना गरेको रकम खरबौ खरब हुन पुग्छ ।

स्केच : वासु क्षितिज

गण्डकी प्रदेशअन्तर्गत रहेका  ८ सहकारीले बचतकर्ताको दुई अर्ब ३८ करोड ५७ लाख २० हजार ९९४ रुपैयाँ भन्दा बढि रकम हिनामिना गरेको भेटिएको छ। सहकारी रजिष्टारको कार्यालय गण्डकीका अनुसार यसरी हिनामिना गर्नेमा पर्वतमा रहेका तीनवटा, कास्कीका २ वटा, नवलपुर, लमजुङ र वागलुङका एक/एक वटा सहकारीले बचतकर्ताको रकम हिनामिना गरेका हुन् ।

पर्वतको नागढुंगा बचत तथा ऋणसहकारी संस्था लिमिटेडले बचतकर्ताको ५ करोड ३८ लाख ३७ हजार ११८ रुपैयाँ हिनामिना गरेको छ । पर्वतकै तपाइँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २९ करोड ९८ लाख ५० हजार ८१० रुपैयाँ र ग्रामिण विकास कृषि सहकारी संस्था लिमिटेड पर्वतले बचतकर्ताको ९ करोड, १ लाख ५० हजार २६६ रुपैयाँ हिनामिना गरेको छ ।

कास्कीको मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६ करोड ८६ लाख ६४ हजार ६४६ रुपैयाँ र कास्कीकै विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ७ करोड, ६९ लाख ५९ हजार ८६४ रुपैयाँ हिनामिना गरेको छ ।

लमजुङको कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ९ करोड ११ लाख १५ हजार ६५० रुपैयाँ हिनामिना गरेको छ । नवलपुरको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडले १६ करोड ५८ लाख ९२ हजार २६१ रुपैयाँ हिनामिना गरेको छ । वागलुङको इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ अर्ब ३३ करोड ९२ लाख ५० हजार ११४ रुपैयाँ हिनामिना गरेको सहकारी रजिष्टारको कार्यालय गण्डकीका प्रवक्ता इश्वरी ढकालले बताए ।छ

ढकालका अनुसार बचतकर्ताको रकम हिनामिना गर्ने मध्ये नागढुंगा बचत तथा ऋण सहकारी संस्था र छिपछिपे उपभोक्ता सहकारी संस्थाले हिनामिना गरेको बचतकर्ताको रकम भुक्तानीको प्रक्रियामा छन् ।

कालिका बचत तथा ऋण सहकारी संस्था, मित्रमिलन बचत तथा ऋण सहकारी संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था,ग्रामिण विकास कृषि सहकारी संस्था र तपाइँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा अदालतमा विचाराधिन  छ । विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button