हेडलाईनव्याससमाचारगण्डकी

मनकामना आश्रमको  सातौं अधिवेशन सम्पन्न : अध्यक्षमा अधिकारी

प्रहार समाचार ।   तनहुँ, बैशाख २९ । तनहुँको व्यास नगरपालिका वडा नं ११ सेरामा रहेको मनकामना आश्रमको २९ औं वार्षिक साधारण सभा एवं सातौं अधिवेशन शनिबार सम्पन्न भएको छ। उक्त अधिवेशनको व्यास नगरपालिका -११ का वडा अध्यक्ष दलबहादुर दुराले उद्घाटनगर्दै मनकामना आश्रम लाई धार्मिक पर्यटनको रूपमा विकास गर्दै मठ – मन्दिर, संस्कार – संस्कृति तथा रीतिरिवाज र परम्पराको संरक्षणमा वडा कार्यालय लागिपर्ने बताए।

उक्त अधिवेशनले पुनः राजेन्द्र अधिकारीलाई अध्यक्षमा सर्वसम्बत निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा  हरिमाया कैनी ,सचिवमा राजेश कैनी , कोषाध्यक्षमा  कृष्ण गिरी र सह सचिवमा  बिनोद कैनी चयन भएका छन् । समितिको सदस्यहरुमा इन्दिरा खनाल ,सुमन राज पौडेल ,अम्बिका न्यौपाने,हरि देवी पन्थ ,झलक राज पौडेल र पुर्ण बाहदुर घिमिरे निर्वाचित भएका छन्।

यस अघि उक्त अधिवेशनको पूर्ण सफलताको कामना गर्दै आश्रमका पूर्व अध्यक्षहरु खडानन्द कैनी , लेखनाथ कैनी, दुमदुमेश्वर महादेव मन्दिरका अध्यक्ष धर्म गिरी , समाजसेवी झलक पौडेल, कृष्ण खनाल,गोपाल घर्ती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button