हेडलाईनसमाचारप्रदेश

नेपाली कांग्रेसका सभापति देउवाद्वारा आपूर्ति तथा उपभोक्ता विभागमा  सदस्य मनोनीत

प्रहार समाचार । बैशाख २४ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्ति तथा उपभोक्ता विभागमा  सदस्य मनोनीत गरेका छन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले  नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहेको उक्त विभागमा १० जना सदस्यहरू मनोनयन गरेका हुन् ।

विभागको सदस्यमा मनोनयन हुनेहरूमा मोरङका फुलकुमार लाल , काठमाडौका  मनोहरि तिवारी ,  मुगुका पदमबहादुर रावल , ललितपुरका प्रेमलाल महर्जन , दाङका देवीका नेपाली , सप्तरीका  किरण भगत ,  तेहथुमका महेन्द्र काफ्ले , रौतहटका निर्मला सुवेदी , अछामका तपेन्द्रबहादुर शाह र काठमाडौंका  माधव तिमिल्सिना रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button