हेडलाईनव्याससमाचारगण्डकी

बैशाख २५ गतेमंगलबारबाट ट्राफिक सप्ताह-२०८१ सञ्चालन हुने

प्रहार समाचार । तनहुँ, बैशाख २३ ।  ‘सेफ ड्राइभ लङ लाइफ’ भन्ने मूल नाराकासाथ यहि बैशाख २५ गते मंगलबारबाट ट्राफिक सप्ताह- २०८१ सञ्चालन हुने भएको छ।

सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की , पोखरा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको आयोजनामा तनहुँको सदरमुकाम दमौलीमा कार्यक्रम सञ्चालन हुने भएको हो। दमौली स्थितअनसन चौतारीबाट बिहान ७ बजे प्रभात फेरी कार्यक्रम गरि ९ बजे व्यास नगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रम सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष पौडेलले  जानकारी दिए ।

कार्यक्रममा  जिल्लाका कार्यालय प्रमुखहरू , स्थानीय ,  सरकारी तथा गैर सरकारी संस्थाका व्यक्तिहरु  , उद्योगी ,  व्यापारी ,  यातायातसँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरु , कलेजका विद्यार्थी , नागरिक समाज , बुद्धिजिवि, समाजसेवी, राजनैतिक दलका प्रतिनिधिहरु , ट्राफिक प्रहरी , पत्रकारहरु लगायको उपस्थिति रहने   प्रहरी नायव निरीक्षक  पौडेलले  बताए ।
गण्डकी प्रदेशका सम्पूर्ण जिल्लामा एक साथ हुने ट्राफिक सप्ताह कार्यक्रम अन्तरगत ट्राफिक जनचेतना मूलक कार्यक्रमहरु सहर देखि गाउँसम्म सञ्चालन हुने तथा सवारी चालकहरुलाई प्रशिक्षण, विद्यालय र कलेजका विद्यार्थीहरुलाई ट्राफिक नियमसंग सम्बन्धित शिक्षाहरु प्रदान गरिने बताइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button