हेडलाईनव्याससमाचारगण्डकीनगरपालिका /गाउँपालिका

वैदिक पुरोहित समाज तनहुँको  छैठौ  साधारण सभा दमौलीमा सम्पन्न

• ध्रुवराज घिमिरे / प्रहार समाचार संवाददाता
तनहुँ, बैशाख २० । वैदिक पुरोहित समाज तनहुँको  छैठौं  वार्षिक साधारण सभा बुधबार ब्यास गुफा मन्दिर  परिसरमा सम्पन्न भएको छ।

व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले वेद व्यासको शालिक अगाडी दीप प्रज्वलनगरि पुरोहित  समाज तनहुँको ब्यानर  पढेर  उद्घाटन  गर्दै धर्म ,सस्कृती , जोगाउन समाजका पथ प्रदर्शक पुरोहितहरुले गरेको योगदानको चर्चा गर्दै आउने पुस्तालाई बैदिक संस्कार र संस्कृति पुस्तान्तरण गर्नुपर्ने बताए ।
पुरोहित  समाज जिल्ला कार्य समिति तनहुँका अध्यक्ष   तुलसी  राम पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा अध्यक्ष पौडेलले पुरोहितहरुले आफ्नो  पेशालाई मर्यादित ,समाजमा प्रतिष्ठित  बनाउन  आफ्नो आचारण राम्रो गराउनुपर्ने ,  शाकाहार , सादा पहिरन , तिलक ,शिखा सुत्र  अनिबार्य हुनुपर्ने  र सभ्य  समाज धर्म सस्कृती जोगाउन सबैले आ आफ्नो स्थानबाट भुमिका खेल्नु पर्ने सुझाए ।


बार्षिक साधारण सभामा तनहुँ जिल्लाका पुरोहित समाजमा आवद्ध साधरण सदस्य,आजिवन सदस्य , कार्य समितिका पदाधिकारीहरु , पूर्व कार्य समितिका पदाधिकारीहरु लगायतको  उपस्थिति रहेको थियो

कार्यक्रममा समाजका उपाध्यक्ष नारायण तिवारी , सचिब  श्रीभद्र न्यौपाने,कोषअध्यक्ष देवराज भट्टराई लगायतले आआफ्नो मन्तव्य राख्दै पुरोहितहरु सनातन धर्म सस्कृती जोगाउन निरन्तर लाग्नुपर्ने  बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button